के तिमी मुर्दा हौ ?

चन्द्र भण्डारी
  • ख-
  • ख+

शव वाहनले लास उठाउॅदैन
पैसाबिना !
शवगृहले शव जलाउॅदैन
पैसा बिना !
शव लडिरहन्छ सडकमा !
पहिला मन दुख्छ नरोत्तम वैद्य र विदेशमा रहेकी ईशा गुरुड लगायत नेपालीको !
नेपाली महान छन् !
नेपालमा नेपाली दुःख पर्दा स्वदेश वा विदेशमा रहने नेपाली धेरै सहयोगी छन् !
तर नेपालमा गरिबलाई बस्ने कुनै ठाउॅ त देऊ !
केही व्यवस्था त गर
कति गहिरो र पीडादायक छ
यो समाचार !
किन आँखा खुल्दैन ?
किन मन पोल्दैन ?
किन सोच आउॅदैन ?
तिमीलाई कसले रोकेको छ
काम गर्न लाई ?
मानवता खोई ?
के तिमी मुर्दा हौ ?

(नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको फेसबुक वालबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्