ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

  • ख-
  • ख+

कैलाली । ट्याक्टर र मोटरसाइकल ठोक्किँदा कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुरमा २ जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल शनिबार राति ११ बजे ठोक्किँदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलमा घोडाघोडी नगरपालिका १० का २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढा रहनुभएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका वहाँहरूको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीबाट जानकारी प्राप्त भएको छ ।

ट्याक्टर चालक घोडाघोडी नगरपालिका ५ का २१ वर्षीय रामसिंह चौधरी प्रहरीको नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्