तनहुँको म्याग्देमा पर्यटक बस दुर्घटना हुदाँ ६ जना चिनिया नागरिक घाईते

सर्वज्योति
  • ख-
  • ख+

१० चैत्र । तनहुँ । तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना जना चिनिया नागरिक घाइते भएका छन्।

पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका ६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणले जानकारी दिनुभएको छ ।

घाइतेहरूमा चिनियाँ नागरिकहरू ५० वर्षीया सुन ली,, ६८ वर्षीय छुचेङ, ५७ वर्षीया हुछिआओ ली ६७ वर्षीय साओ मेङ, ७० वर्षीय लियो या छिङ र ६२ वर्षीय वाङ यइ दोङ छन्।

घाईतेहरूको बेलचौताराको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको र बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले जानकारी दिएका छन्।

तस्विरः रासस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्