बहुमूल्य पत्थर ठगी गरेको आरोपमा २ गोर्खाली नुवाकोटमा पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

१० चैत, काठमाडौं । मुगाको माला लगायतका बहुमूल्य पत्थर ठगी गरेको आरोपमा गोरखा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भीमसेन थापा गाउँपालिका–८ का २५ बर्षीय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नीहरुसँगै कपिलवस्तुका २७ बर्षीय इमान सिं सुनारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार गत ३० फागुनमा मुगाको माला र टल्कने पत्थर किन्न भन्दै उनीहरु नुवाकोटको बिदुर नगरपालिका–७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्