व्यास १२ का मृगौला पिडित टेक वहादुर आलेलाई आर्थिक सहयोगको खाँचो

सर्वज्योति
  • ख-
  • ख+

१२ चैत्र । तनहुँ । तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं १२, जौवारी निवासी ३२ बर्षिय टेक वहादुर आलेलाई आर्थिक सहयोगको खाँचो भएको छ । आलेको मृगौलामा समस्या देखिएपछि कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालमा उपचारत आलेको उपचारको लागि आर्थिक अभाव भएपछि परिवारजन चिन्तित वनेका छन् ।
आलेको परिवारजनको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकोले उपचारमा पनि समस्या परेको हुदाँ आलेले सहयोगको अपिल गरेका छन् । उपचार गर्न र नियमित डायलसिस गराउन समेत आर्थिक अभाव भएकोले थप उपचार कसरी गर्ने भन्ने भएको आमा तेजमाया आलेले बताईन । निज आलेको वुवा स्वर्गीय भईसकेको र परिवारको सम्पुर्ण दायित्व आफनो काँधमा आएको अवस्थामा आफनो यो अवस्थाले थप पिडा दिएको आलेले बताए ।
वाँच्ने तिव्र आशाका वीचमा रहेको आलेले जीवन वचाईदिनुहुन अपिल समेत गरेका छन् । भर्खरको युवा अवस्थाका आलेले वाँचेर केही गर्ने अभिलाषा व्यक्त गरे । नियमित उपचारमा समेत कठिनाई वनेको हुदाँ एनआईवी वैकमा रहेको टेकवहादुर आलेको नामको खाता नं २२५०५३९०२५००२३ सकेको सहयोग गर्न सहयोगदातासँग आलेले अपिल समेत गरेका छन् । साथै आलेलाई आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले निजको मोवाईल नम्बर ९८२४११३६२६ मा सम्पर्क पनि गर्न सक्नुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्