सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन

सर्वज्योति
  • ख-
  • ख+

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिन संसदीय दलका नेतालाई निर्देशन दिएकी छन्।

शुक्रबार संसदीय दलका नेता घनश्याम चौधरीलाई श्रेष्ठले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्।

पार्टी कार्यालय टीकापुरमा चैत १४ गते बसेको बैठक अनुसार संसदीय दलका नेता चौधरी सरकारबाट नबाहिरिए पार्टीको विधानअनुसार कारबाही गरिने समेत उल्लेख छ।

कांग्रेस नेतृत्वको अल्पमत परेको सरकारमा नागरिक उन्मुक्ति पार्टीका पाँच सांसद मन्त्री छन्।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्