त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खसेको छ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका(५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्।
मृतकहरू गोरखा नगरपालिका ७ का रहको बताइएको छ।
गोरखा नगरपालिका(७ का वडाध्यक्ष विश्व श्रेष्ठले दुर्घटना भएकोबारे खबर प्राप्त भएपछि आफू त्यसतर्फ जाँदै गरेको जानकारी दिए।
दुर्घटनामा परेकाहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले बताए।








