दमौलीका प्रकाश पन्थ माल्टामा वेपत्ता

आरजु पौडेल
  • ख-
  • ख+

तनहुँ । तनहु जिल्ला ब्यास नगरपालिका वडा नं. ११ पोल्यागंका प्रकाश पन्थ माल्टामा वेपत्ता हुनुभएको छ । श्रीमती रबिना पन्त र भाईसहित माल्टामा रोजगारीको लागि बसिरहनु्भएका पन्थ ड्युटीबाट धेरै समय घर नफर्केपछि परिवारले खोजबिन गरिरहेको छ । माल्टामा रोजगारीको सिलसिलामा बसिरहनुभएका पन्थ विगत ७ दिनदेखि परिवारको सम्पर्कमा नआएको र परिवारका सदस्यहरुले विभिन्न सरकारी निकाय, एन आर एन ए एसिसि माल्टामा सम्पर्क गरि खोजविन गरिरहेको पन्थका छिमेकी तथा सहपाठी अजित पन्थले जानकारी दिनुभएको छ ।
पोल्यागंका बाबुकाजी पन्थका छोरा प्रकाश पन्थ बिगत लामो समयदेखि माल्टामा रोजगारीको लागि बसोवास गरिरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?