आँबुखैरैनी गाउँपालिकाको सवारी साधनको ठक्करबाट निजी कारमा क्षति

सर्वज्योति
  • ख-
  • ख+

२३ चैत्र। तनहुँ ।  आँबुखैरैनी गाउँपालिकाको सवारी साधनको ठक्करबाट निजी कारमा क्षति पुगेको छ । पालिकाको ग १ झ ३६१ नम्वरको सरकारी सवारी साधनले प्रदेश ३-०१ ०२२ च ५०५१ नम्वरको कारलाई दमौली बजार नजिकै व्यास १ मुसेखोलामा ठक्कर दिएको हो । पछाडि बाट ठक्कर दिदाँ उक्त कारको पछाडिको सिसामा क्षति पुग्नुका साथै कारको पछिल्लो भागमा क्षति पुगेको छ । पालिकाको गाडी अत्यन्तै लापरवाही पूर्वक गाडी चलाएकोले आफुले सावधानी अपनाउदा जोगिएको क्षतिग्रस्त कारका चालकको भनाई छ । पालिकाको कार र चालक ट्राफिक प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको र मापसे जाँच पश्चात् आधिकारिक रुपमा चालकले मादक पदार्थ सेवन गरेको नगरेको बारेमा बोल्न सकिने जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभएको छ ।  प्रत्यक्षदर्शीका अनुसार गाउँपालिकाको सवारीका सवारी चालक मदिराको नशामा लठ्ठ रहेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्