जापानमा नेपाली विद्यार्थी बेपत्ता, खोजीका लागि परिवारको याचना

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । जापानमा अध्ययनरत एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । मकवानपुरको मकवानपुरगढी स्थायी घर भएर जापानमा अध्ययनरत गोबिन्द सापकोटा एक हप्तादेखि जापानमै सम्पर्कविहीन भएका हुन् ।

जापानको क्योटोस्थित ‘आईएसआई भाषा स्कुल’मा अध्ययन सकाएर सापकोटा नागानोस्थित ‘नागानो बिजनेस ल्यांग्वेज कलेज ९एनबीएल०’मा स्थानान्तरण गर्न २९ मार्चमा हिँडेका थिए । तर, ३० मार्चदेखि सापकोटा स्कुल, कलेज, घरपरिवार र साथीभाइ कसैको सम्पर्कमा नआएको सापकोटाका मामा कृष्णहरि घिमिरेले जानकारी दिए ।
सापकोटाको मोबाइल पनि बन्द रहेको र हराएदेखि नै सामाजिक सञ्जालहरुमा पनि उनी निष्क्रिय रहेको घिमिरेले बताए । नेपालबाट खोजीका लागि पहल गरेपनि अहिलेसम्म सापकोटाबारेमा कुनै जानकारी पाउन नसक्दा चिन्ता बढेको उनले बताए ।

परिवारजनले सापकोटाको खोजी र आवश्यक पहलका लागि जापानस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ र नेपाली समुदायसँग याचना गरेका छन् । सापकोटा सन् २०२२मा अध्ययनका लागि जापान पुगेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्