सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा आगलागी

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ ।

बलम्बुमा रहेको स्टोरमा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन् । एपीएफ अस्पतालसँगै रहेको उक्त स्टोरमा सशस्त्रका लत्ताकपडा लगायत आवश्यक बन्दोबस्तीका सामान राखिएका हुन्छन् ।

अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण र क्षति विवरण आइनसकेको एपीएफका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्