दमौली बजार नजिक पृथ्वी राजमार्गमा पहिरोको जोखिम बढ्यो

माधब पौडेल
  • ख-
  • ख+

२९ चैत्र । तनहुँ । आज आएकोे बर्षा र हावाहुरीसगै तनहुँको सदरमुकाम दमौली नजिकै नजिकै पृथ्वी राजमार्ग सडक खण्डको मुसे खोलामा पहिरोको जोखिम बढेको छ । सडक निर्माण आयोजनाका सूचना अधिकारी एवं ईन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार केहि समय अगाडिदेखि जमिन चिरा परेको उक्त क्षेत्रमा पहिरो जान सक्ने जोखिम बढेको हो । आज परेको पानी र हावाहुरी पश्चात उक्त सडक निर्माण आयोजनाका सूचना अधिकारी एवं ईन्जिनियर विष्णुप्रसाद पाण्डेले सामाजिक संजालमार्फत सूचना जारी गर्दै व्यास १ मुसेखोला स्थित पहिरोको जोखिम हुने गरि सडक माथिको जमिन चिरा परेको भागमा आजको हावाहुरी पश्चात परिरहेको पानीको कारण थप जोखिम बढ्न सक्ने हुदा सम्पुर्ण यात्रुहरुलाई सुरक्षाको लागि अर्को
रुटबाट सवारी संचालन गर्न आग्रह गर्नुभएको छ ।
ईन्जिनियर पाण्डेले यात्रु तथा सवारी साधनको सुरक्षा लाई ध्यान राख्दै उक्त खण्ड हुदै गर्ने यात्रा मिलेसम्म यात्रा नगर्ने गर्न परे पनि रातिमा नगर्ने, लोड ट्रक र लामो बस बाहेकका सवारीसाधन हरु पुर्व बाट आउदा घाँसिकुवा वाट पसेर तालघरे निस्कने गरि यात्रा गर्ने र पश्चिमबाट आउदा तालघरे वाट पसेर घाँसिकुवा निस्कने गरि संकेत अनुसार वा स्वतस्फूर्त डाईभर्सन लिनुहुन र सोहि जोखिम क्षेत्रको सडक प्रयोग गर्नुपरेमा ट्राफिक र कम्पनीको ईशारा दिने कर्मचारीको इसारा बमोजिम तत्कालिन परिस्थिति बिष्लेषण गरेर मात्र अघि बढ्नुहुन आग्रह गर्नुभएको छ ।

वैकल्पिक मार्गको नक्शा

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्