गण्डकी बन्यो प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट टिम च्याम्पियन

सर्वज्योति
  • ख-
  • ख+

१ बैशाष । चितवन  । गण्डकी प्रदेश बन्यो प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट टिम च्याम्पियन बनेको छ । आज चितवनमा सम्पन्न् फाईनल प्रतियोगितामा मधेश प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश प्रथम भएको हो । सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेश विरुद्ध फाइनल खेलमा गण्डकीका बलर अमृत गुरुङ चम्किंदा गण्डकी प्रदेश च्याम्पियन हुन सफल भएको हो । गण्डकी प्रदेशका बलरहरु सामु निरिह बनेको मधेश प्रदेशको टोली १८.१ ओभरमा १६० रन बनाउँदै अल आउट हुन पुगेको थियो।
गण्डकीले दिएको २०२ रनको लक्ष्य भेट्न मैदान उत्रिएको मधेशलाई गण्डकीका बलर अमृत गुरुङको बलिङ सामु टिक्न सकेनन् । मिडियम पेश बलर अमृतले ३.१ ओभरको वलिङ स्पेलमा १८ रन दिंदै ६ जना खेलाडी पेभिलियन फर्काएका थिए ।

फाइनलमा मधेशलाई ४१ रनले पराजित गर्दै गण्डकी टिम च्याम्पियन भएको हो । टिम च्याम्पियन भए संगै गण्डकीले स्वर्ण पदक हात पारेको छ भने मधेश प्रदेशले रजत पदक प्राप्त गरेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?