युएईमा एक वर्षमा १ सय ६५ जना नेपालीले ज्यान गुमाए, आत्महत्या गर्नेको संख्या बढ्यो

सर्वज्योति
  • ख-
  • ख+

युएई । संयुक्त अरब एमिरेट्स युएईमा गएको एक वर्षमा १ सय ६५ जना नेपालीले ज्यान गुमाएका छन । यो संख्या २०७९ को भन्दा २० जनाले थोरै हो । ज्यान गुमाउनेमध्ये ९२ जनाको मृत्‍यु प्राकृतिक कारणले भएको हो भने ४२ जनाले आत्महत्या गरेका हुन् ।
त्यस्तै सडक तथा कार्यस्थल एवम बिभिन्न दुर्घटनाका कारण २७ जनाले ज्यान गुमाएका छन् । युएईमा गएको वर्ष ४ जना नेपालीको हत्या भएको नेपाली दुतावासको तथ्याङ्कमा उल्लेख छ ।

आबुधावीमा रहेको नेपाली दुतावासको तथ्याकं अनुसार २०८० मा ज्यान गुमाएका १ सय ६५ जनामध्ये महिला र पुरुषको सख्या भने छुट्टाइएको छैन ।

गएको वर्ष जेठ महिनामा सबै भन्दा धेरै २१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै साउनमा १९ जना , कार्तिकमा १८ जना , माघ महिनामा १७ जना, असारमा १५ जना, बैशाखमा १४ जना, असोज , मसिर, पुष, फागुन महिनामा समान १३ जना , बैशाखमा १४ जना र भदौमा १२ जनाले ज्यान गुमाएको दुतावासले आफ्नो अधिकारिक फेसबूक ह्यान्डल मार्फत सार्वजनिक गरेको मासिक प्रतिवेदनमा समेत उल्लेख छ ।

ज्यान गुमाउने मध्ये सबैभन्दा धेरै प्राकृतिक मृत्यु ९नेचुरल डेथ ०छ । प्राकृतिक कारण भनेर ‘सडेन कार्डियक एरेस्ट’ ९सुतेको सुत्यै भएर ज्यान गएको०, हृदयघात ,मस्तिष्क पक्षघातलाई यो संख्यामा समेटिएको छ ।

२० वर्षमा १७ सय ६६ जनाको मृत्‍यु

युएईमा नेपाली दुतावास स्थापनाको २० वर्षे नेपाली इतिहासमा १७ सय ६६ जनाले ज्यान गुमाएका छन । तथ्याकं अनुसार सन् २००४ देखि सन् २००९ सम्म ३ सय ५६ जना नेपालीले ज्यान गुमाएका थिए । त्यस्तै सन २०१० देखि २०२३ सम्ममा १४ सय १० जनाले युएईमा ज्यान गुमाएका छन् ।

सन् २०१० मा ८८ जना नेपालीले युएईमा ज्यान गुमाएका थिए भने २०११ मा ६७ जना र २०१२ मा ५७ जना नेपालीले ज्यान गुमाएका थिए । सन् २०१३ मा ७० जना , २०१४ मा ६३ जनाले र सन् २०१५ मा ६४ जना नेपालीले ज्यान गुमाएको दुतावासको दस्तावेजमा उल्लेख छ । त्यस्तै सन् २०१६ मा ६६ जना नेपालीले ज्यान गुमाएका थिए भने सन् २०१७ मा ८४ जना र सन् २०१८ ना १ सय ७ जनाले ज्यान गुमाएका थिए । सन् २०१४ बाट युएईमा नेपालीको मृत्‍युदर क्रमशस् उकालो लागेको देखिन्छ ।

पछिल्लो ५ वर्षमा ७ सय ४४ जनाको मृत्‍यु, आत्महत्या गर्नेको संख्या बढ्यो

युएईमा पछिल्लो ५ बर्षमा सात सय ४४ जनाले ज्यान गुमाएका छन्। सन् २०१४ बाट ‘२ डिजिट’ले उकालो लागेको मृत्‍युदर सन् २०१८ मा बढेर ३ डिजिटलाई ‘हीट’गरेको थियो । त्यो क्रम क्रमशः बढिरहेको छ । नेपाली दुतावास आबुधावी, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार प्रबर्दन बोर्ड तथा बिभिन्न नीकायको तथ्याकं अनुसार सन् २०१९ मा १ सय २ जनाले युएईमा ज्यान गुमाएका थिए । त्यस मध्ये ५६ जनाको मृत्‍युको कारण नेचुरल ९ प्राकृतिक ०उल्लेख छ । १९ जनाले आत्महत्या गरेको, २२ जनाको बिभिन्न दुर्घटनाका कारण र ५ जनाको हत्या भएको थियो ।

पछिल्लो ५ वर्ष मध्ये सन् २०२० मा हालसम्मकै उच्च १ सय ८६ जनाले युएईमा मृत्‍युवरण गरेको नेपाली दुतावासको तथ्यांकमा उल्लेख छ । सन् २०२० मा ७९ जनाको मृत्‍युको कारण प्राकृतिक भएको उल्लेख गरिएको छ भने ४४ जनाले आत्महत्या गरेका थिए । २७ जना नेपालीले बिभिन्न दुर्घटनामा परेर ज्यान गुमाएका हुन भने ३२ जना नेपालीको मृत्‍युको कारण भने कोरोना सक्रमण थियो । सोही वर्ष ४ जना नेपालीको युएईमा हत्या भएको थियो ।

तथ्याकं अनुसार सन् २०२१ मा १ सय ३६ जना नेपालीले युएईमा ज्यान गुमाएका थिए । जसमध्ये ६४ जनाको मृत्‍युको कारण प्राकृतिक भएको उल्लेख छ । त्यस्तै सोही बर्ष २८ जनाले युएईमा आत्महत्या गरे भने बिभिन्न दुर्घटनामा परी २३ नेपालीको ज्यान गएको थियो । कोरोना सन्क्रमणका कारण सन् २०२१ मै युएईमा १८ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै सन् २०२२ मा फेरि ज्यान गुमाउने नेपालीको सख्या दोस्रो उच्च सख्यामा पुगेको थियो । तथ्याकं अनुसार सन् २०२२ मा १ सय ८५ जनाले युएईमा ज्यान गुमाए । जसमध्ये १ सय ७ जनाको मृत्‍युको कारण प्राकृतिक उल्लेख छ भने ४३ जनाले आत्महत्या गरेका थिए । त्यस्तै बिबिध दुर्घटनाका कारण ३० जनाको मृत्‍यु भएको अभिलेखमा उल्लेख छ । त्यस्तै सोही २०२२ मै ५ जना नेपाली नागरिकको युएईमा हत्या भएको थियो ।

सन् २०२३ मा युएईमा १ सय ६५ जनाले ज्यान गुमाएका थिए । त्यस मध्ये ९२ जनाको मृत्‍युको कारण प्राकृतिक भनिएको छ । त्यस्तै ४२ जनाले आत्महत्या गरेको , २७ जना बिभिन्न दुर्घटनामा परेर ज्यान गुमाएको र ४ जना नेपालीको युएईमा हत्या भएको हो ।

प्राप्त तथ्याकं अनुसार ज्यान गुमाउने मध्ये ३१ देखि ३५ उमेर समुह उच्च छ । त्यस्तै ४१ देखि माथिल्लो उमेर समुहको मृत्‍युदर औसतमा दोस्रो उच्च छ । दुर्घटनामा परेर युएईमा ज्यान गुमाउनेको संख्या औसतमा गएको ५ वर्षमा समान छ । सडक दुर्घटनामा ज्यान गुमाउनेहरु मध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली हुन् ।

गएको ५ वर्षमा बिबिध कारणले ज्यान गुमाउनेको संख्या घटे पनि जाँडरक्सीका कारण ज्यान गुमाउने नेपालीको सख्या बढेको छ । त्यस्तै जाँडरक्सी खाएर झै(झगडा, तथा हो(हल्ला गर्ने, लागु औषध प्रयोग गर्ने नेपालीको सख्या बढेको९नेपाल एसोसीएसन० एनआरएन युएईका अध्यक्ष बिकास शाहीको भनाइ छ । शाहीका अनुसार मलेसिया तथा अन्यदेशमा रोजगारी गुमिरहेको अवस्थामा नेपालीको प्रमुख आकर्षणको रुपमा युएई भएकाले नेपालीको सख्या क्रमशस् बढिरहेकाले सोही अनुपातमा मृत्‍युदर पनि बढिरहेको हो ।

तथ्याकं अनुसार पछिल्लो केही वर्ष यता युएईमा आत्महत्या गर्ने नेपालीको सख्या बढ्दै गएको देखिन्छ । त्यसमा पनि बैदेशिक रोजगारिका लागि श्रम गरेर युएई आउनेसँगै भिजिट भिसा मार्फत युएई आएकाहरुले समेत आत्महत्या गर्ने गरेको पाइएको छ । त्यस्तो अवस्थामा मृतकको शव नेपाल पठाउन समेत समस्या हुनेगरेको नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्यालले बताए । समाजले नेपाली दुतावास, अन्य जिल्लागत संघसस्था, तथा कतिपय गैरसरकारी संघसस्था सँगको समन्वयमा समेत शवलाई नेपाल पठाउन सहयोग गर्दै आएको छ ।

दुतावास स्थापना भएदेखी हालसम्म २० वर्षमा युएईमा ५ सय २ जना बिबिध कारणले दुर्घटना भई घाइते भएको दुतावासले जनाएको छ । हाल युएईको बिभिन्न अस्पतालमा ५ जना नेपालीको कोमामा राखेर उपचार भइरहेको दुतावासका श्रम सहचारी आविद अन्सारीले जानकारी दिए ।

पछिल्लो पाँच वर्षको मृत्‍युदरको तथ्याकं औसतमा समान छ । युएईमा नेपालीको सख्या बढेसँगै मृत्‍युदर बढ्नु स्वभाविक भएपनि दूतावास, सामाजिक संघसस्था, तथा कामदार आफु आँफै सचेत भई खानपिनमा बिशेष ध्यान दिएर काम गरे मृत्युदरलाई न्यून गर्दै लैजान सकिने युएईका लागि श्रम काउन्सिलर दिनबन्धु सुवेदीले बताए ।

 

युएईमा हाल झन्डै ५ लाख भन्दा धेरै नेपाली कार्यरत रहेको दुतावासको अनुमान छ । एकिन विवरण नभएपनि युएईमा नेपालीको संख्या बढीरहेको दुतावासको भनाइ छ ।

युएईसँग २२ जनवरी १९७७ मा कुटनीतिक सम्बन्ध सुरु गरेको नेपालले युएईमा सन २००४ को अप्रिल ११ मा दुतावास स्थापना गरेर कुटनीतिक सम्बन्ध थप उचाइमा पुराएको थियो । सन् २००४ मा कार्यबाहक राजदुत राखेर दुतावास सुरु गरेको नेपालले सन् २००७ को डिसेम्बर २१ बाट युएईमा पूर्ण राजदुतलाई जिम्मेवारी दिएको थियो ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?