म्याग्देका दिपक बुवाको हत्या गरेको अभियोगमा पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

तस्विरः सांकेतिक

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ का दिपक बुवाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ६ का २६ वर्षीय दीपक वि.क. रहेका छन् । ७६ वर्षीय रापबहादुर वि.क.लाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ९ घारीस्थित छोरी रस्मी वि.क.को घरमा बस्दै आएका रापबहादुरलाई दीपकले हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी एवं दिपक कुमार रायले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्