देश बिकासको लागि जापानी प्रविधि प्रयोग गर्न राज्य चुकेको वरिष्ठ ईन्जिनियर न्यौपानेको गुनासो

सर्वज्योति
  • ख-
  • ख+

जापानी प्रविधिलाई बिकास र देशको हितमा प्रयोग गर्न राज्य चुक्दै गरेको वरिष्ठ ईन्जिनियर श्रीराम न्यौपानेले गुनासो गर्नुभएको छ । उहाँले नागढुंगा सुरुङमार्गमा प्रयोग गरि सफल भएको जापानी प्रविधिको लाभ नेपालले लिने सन्दर्भमा भाषण गर्ने बाहेक सरकारले आजसम्म कुनै तयारी नगरेको बताउनुभएको छ । नागढुंगा सुरुङमार्ग ब्रेकथ्रु भएसगै छिमेकी देशहरुमा उक्त प्रविधि, नागढुंगा सुरुङमार्ग निर्माण  कम्पनी,  कामदारहरुको माग र चर्चा  भएको छ तर  नेपालले उक्त प्रविधि प्रयोगमा चासो नदिनाले नागढुंगा सुरुङमार्गका केहि दक्ष कामदारहरु वैदेशिक रोजगारीका लागि विदेश उडिसकेको र केहि जाने क्रममा रहेको वरिष्ठ ईन्जिनियर न्यौपानेको भनाई छ ।

स्वदेशी निर्माण व्यवसायी र स्वदेशी कामदारलाई २४ सै घण्टा सुरुङ निर्माणमा खटाएर आर्जन गरेको ज्ञान, सीप, अनुभव र क्षमताको उपयोग गर्न राज्यको ध्यान पटक्कै नजानु देश, जनता र विकास प्रति सरासर धोका र अन्याय हुने पनि वरिष्ठ ईन्जिनियर न्यौपानेले बताउनुभएको छ ।
उहाँले नेपालको कानुन र सार्वजनिक खरिद ऐनमा संशोधन गरि कम लागतमा स्वदेशी कम्पनी र कामदारक‍ो सहभागितामा अर्को सुरुङ खन्न ढिला गर्न नहुने, यसको निम्ति वाधक देखिएका कानुन र सार्वजनिक खरिद ऐन संशोधन गर्नेतर्फ इन्जिनियरले नेतृत्व गरेको भौतिक पुर्वाधार मन्त्रालयको ध्यान जानुपर्ने पनि  बताउनुभएको छ ।
तनहुँको भानु नगरापलिकाका ईन्जिनियर न्यौपाने हालसालै ब्रेक थ्रु गरिएको नेपालकै पहिलो सवारी आवागमन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको प्रोजेक्ट डाइरेक्टर (सवकन) हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्