गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए

सर्वज्योति
  • ख-
  • ख+

जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित ।

होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । उनीहरू दुवैको पहिचान खुल्न बाँकी छ । महिलाकी छोरी कोठामै सकुशल भेटिएकी छन् ।

उनका अनुसार ती महिला छोरीलाई लिएर युवकसँग ३/४ दिनदेखि होटलमा बसिरहेकी थिइन् ।

‘युवकका आफन्त खोज्दै होटल पुगेका थिए,’ डीएसपी अवाले  भने, ‘कोठामा भित्रबाट चुकुल लागेको थियो । बच्चा कराउन थालिन् । त्यसपछि युवकका अभिभावकले हामीलाई खबर गरे ।’

प्रहरीले ढोका फुटाएको थियो । युवकसँग ती महिलाको विवाहेत्तर सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आफ्नो अभिभावक खोज्दै त्यहाँ पुगेपछि आत्महत्या गरेको हुनसक्ने डीएसपी अवाले बताए ।

(साभारःनेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्