सरकारी डाक्टरलाई कार्यालय समयमा निजी अस्पतालमा काम गर्नमा रोक

सर्वज्योति
  • ख-
  • ख+

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ ।

मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग, अस्पताल तथा स्वास्थ्य केन्द्रलाई बुधबार परिपत्र गर्दै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न तथा प्रचारप्रसार नगर्न निर्देशन दिएके हो ।

मन्त्रालयका जनसंख्या तथा प्रशासन सचिव मधुसुदन बुर्लाकोटीले एक परिपत्रमार्फत निजी अस्पतालमा काम मात्रै नभएर निजी अस्पतालमा बिरामीलाई जानका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिएका हुन् । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने उनले परिपत्रमार्फत नै चेतवनी दिएका छन् ।

सचिव बुर्लाकोटीले जारी गरेको परिपत्रमा आगामी दिनमा कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले यस्ता प्रकारका गतिविधि एवम क्रियाकलाप गरेको पाइएमा प्रचलित कानूनअनुसार कारबाही गरिने भन्दै त्यसको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयम हुनपर्ने चेतावनी दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्