शुक्लागण्डकीबाट लागू औषध सहित दुई ब्यक्ति पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

१३ बैशाष । तनहुँ । लागू औषध सहित दुई ब्यक्ति शुक्लागण्डकीबाट २ व्यक्ति पक्राउ परेका छन् । १२ गते बिहान करिब १०ः३० बजेको समयमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ ब्राईटचोक मिलनटोलमा तनहुँ साविक राईपुर गा. बि. स. वडा नं. ४ हाल शुक्लागण्डकी न. पा. वडा नं. ११ स्थायी घर शुक्लागण्डकी ५ शान्तीटोल, बस्ने बर्ष ३६ को बिक्की चन्द र गोरखा आरुघाट गा.पा. वडा नं. ८ घर भई जिल्ला तनहुँ शुक्लागण्डकी न. पा. वडा नं. ५ बेलचौतारा रबी गुरुङ्ग पक्राउ परेका छन् ।
खैरेनिटार देखी दुलेगौडा तर्फ आउदै गरेको ग ११ प ५९०५ नं. को मोटरसाईकलमा रोकी चेकजाँच गर्ने क्रममा चालक चन्द र मोटरसाइकल पछाडी सवार गुरुङको साथबाट Diazepam Injection लेखिएको २ ml को एम्पुल-२१ (एक्काईस) थान, Phenergan  लेखिएको २ ml को एम्पुल-२१ (एक्काईस) थान, BUPRENORPHINE INJECTION लेखिएको २ ml को एम्पुल २१ (एक्काईस) थान,  NITRAVET-10 लेखिएको ट्याब्लेट १२(बाह्र) चक्की लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
लागु औषध सहित संलग्न ठागु भन्ने रबी गुरुङ र बिक्की चन्दलाई  सम्मानित तनहुँ जिल्ला अदालतबाट  पाँच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्