राष्ट्रपति रामचन्द्र पौडेलको घर नजिकैको झापुटारमा पानीको हाहाकारः मादी सेतीको पानी पिउनुपर्ने बाध्यता

सर्वज्योति
  • ख-
  • ख+

२२ बैशाष । तनहुँ । दमौली बजारसग जोडिएको ऋषिगं १ झापुटारमा पानीको हाहाकार भएको छ । तनहुँ निर्वाचन क्षेत्र नं २ मा पर्ने समथर गाउँ झापुटारमा बर्षौदेखि खानेपानीको अभाव भएपछि स्थानियहरु मादी सेतीको किनारमा बालुवा खोस्रिएर पानी बोकेर लैजान विवश छन् । सरकारले एक घर एक धारा अवधारणा ल्याएको समाचारमा सुनेपनि सदरमुकाम नजिक जोडिएको बस्तिमा हिउँद बर्षा दुवै समयमा पानीको हाहाकार भईरहदा पनि कसैले चासो नदिदाँ उक्त स्थानका बासिन्दाहरु खानेपानीको जाहोको लागि नजिकै रहेको मादी सेतिको बगरमा बालुवा खोललेर नकालेको पानी पिउन वाध्य भएका छन् ।
भोट दिएर कतिलाई मन्त्री, सांसद, अध्यक्ष बनाईयो अरु त परको कुरा पानी खान समेत दिएनन् यस्ताले के गर्लान र ? झिसमिसेमा पानी भर्न आउनुभएकी एकजना गृहिणी बताउनुहुन्छ । ।
हाम्रो आगनमा तनहुँ हाईड्रो पावर बनेको छ जताततै पानीको छ्यालब्याल छ तर बर्षामा पनि १५, २० घरलाई एउटा धारो पर्छ त्यहि पनि लाईन लागेर बल्लतल्ल २ गाग्री पाईन्छ । हेर्दा पक्कि घरहरुले भरिएको झापुटार पानीको लागि कर्णाली भएको छ मादीको बगर छेउ बालुवा खोस्रिएर बनाईएको कुवाबाट पानी झिक्दै अर्कि एकजना गृहिणी बताउनुहुन्छ ।


व्यास ३ देउराली नगरबाट पारिपट्टि रहेको ऋषिगं वडा नं. १ को बिशेषगरि मगरबस्ति रहेको झापुटार पछिल्लो समय तनुहँ हाईड्रो पावर निर्माणका कारण बिकसित हुदै गएपनि खानेपानकिो चरम खभाव खेपिरहेको छ ।

दमौली बजार नजिकैको कर्णाली भनिने झापुटार सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलको व्यास ३ अमरापुरीको निवासबाट करिब ३, ४ मिटर दुरीमा रहेको छ । साथै खानेपानी कार्यालयबाट करिब २ सय मिटरको दुरीमा रहेको उक्त गाउँ खानेपानी कार्यालयको भवनबाट प्रष्टसग देख्न सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?