५ बर्षदेखि सडकमा बस्ने युवालाई व्यास नगरपालिकाले गर्यो उद्धार ( फोटो फिचरसहित)

सर्वज्योति
  • ख-
  • ख+

२४ बैशाष । तनहुँ । तनहुँको व्यास नगरपालिकाले बिगत ५ बर्षदेखि सडक तथा विभिन्न स्थानमा आश्रयस्थल बनाई मानसिक रुपमा विक्षिप्त रहेका ऋषिगं गाउँपालिका वडा नं. १ झापुटारका नारान गाहा मगरको उद्धार गरेको छ । केहि महिनादेखि व्यास ५ चापाघाटबाट साँगे जाने बाटोमा बसेका मगरलाई व्यास नगरपालिका व्यास ५ का वडा अध्यक्ष बिष्णुकुमार श्रेष्ठ र वडा सदस्य सुन्दर वाग्लेको आग्रह पश्चात व्यासका मेयर बैकुण्ठ न्यौपानेको निर्देशन उनलाई उक्त ठाउँबाट उद्धार गरिएको हो । मगररको उद्धार कार्यमा अटिनुभएका नगरपालिकाका अधिकृत रामचन्द्र हड्खलेको अगुवाई मगरलाई नुहाई धुवाई गरि नयाँ कपडाको व्यवस्था गरि निजलाई दमौली अस्पतालमा लगेर उपचारगरि औषधी सेवन गराईएको छ । आफु काहँ शिवपुरबाट ऋषिगं १ झापुटारमा बसाई सरेको बताउने गाहा मगरआफ्ना १ छोरा र छोरी रहेको बेला बेलामा बताउने गरेका छन् । उनलाई चिन्न्े मानिसहरुका अनुसार बैदेशिक रोजगारीको सिलसिलामा सादी अरब पनि गएका मगरको पारिवारिक विचलन आएपछि मानसिक रुपमा विक्षिप्त भएको हिडेको बताएका छन् । औषधी उपचार पश्चा नगरपालिकाको संरक्षणमा रहेका मगरलाई आवश्यक चप्पल, लत्ता कपडा उपलब्ध गराउदै मेयर बैकुण्ठ न्यौपानेले नगरपालिका सामाजिक काममा सदा लागिरपर्ने र निज मगरको व्यवस्पानको लागि आफुहरु लागि पर्ने बताउनुभएको थियो
मगरलाई हाल नगरपालिकाको रेखदेखमा नगरपालिकाकै भवनमा खाने, बस्ने, औषधी उपचारको सेवा मिलाईएको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?