छात्राको फेक अकाउन्ट बनाएर अश्लील सामग्री पोष्ट गर्ने शिक्षक प्रहरी नियन्त्रणमा

सर्वज्योति
  • ख-
  • ख+

२६ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमार्फत एक नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

भक्तपुरको भक्तपुर नगरपालिका-४ काहालान्च घर भई एक निजी विद्यालयमा अध्यापन गराउने शिक्षक पक्राउ परेका हुन् । २४ गते पक्राउ परेका शिक्षकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेका शिक्षकले नाबालिकाले सामाजिक सञ्जालमा अश्लील सामग्री पोस्ट गरेको, तस्बिर डाउनलोड गरेर अश्लिल तस्बिरमा नाबालिकाको फोटो जोडी नक्कली फेसबुक आइडी बनाएको खुलेको केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?