भान्सामै पसेर दुई महिलाको हत्या, अटो चालक टेकबहादुर पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

दाङ । दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका- १० नारायणपुरकी ५० वर्षीया जुपली बुढा र ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहार गरी हत्या गरिएको दाङ प्रहरीले बताएको छ ।

दाङ प्रमुख एसपी रामबहादुर केसीका अनुसार अटो चालक टेकबहादुर घर्तीले बञ्चरोले हानेर ती दुई महिलाको हत्या गरेका हुन् ।

घोराही-१७ का घर्तीले विगत २ वर्षदेखि मृतक जुपलीलाई अटोमा घरमा लग्ने र ल्याउने गर्दै आएको प्रहरीले जनाएको छ । संगीता जुपलीको घरमा श्रीमानसहित भाडामा बस्दै आएकी थिइन् ।

टेकबहादुरले आज अपरान्ह जुपलीको भान्सा कोठामा दुईको हत्या गरेका हुन् । प्रहरीले टेकबहादुरलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?