तनहुँ । आँदीमुल मन्दिरमा रहेको रहका माछाहरु धमाधम मर्न थालेका छन् । देवताको रुपमा पुजीने भएकाले यी माछाहरु मन्दिरको मुख्य आकर्षणको रुपमा रहेका थिए । केही दिन अघि देखि नै बिरामी परेको लक्षण देखिएका माछाहरु अहिले धमाधम मर्न थालेका छन् । स्थानियका अनुसार केही दिनदेखि माछाहरु मुल भित्रको कुरमा पस्न थालेका थिए । मन्दिर तथा पोखरीमा निर्माण कार्य चलिरहेको र प्राकृतिक रुपमा रहेका कुरहरु निर्माणको क्रममा टालिएका छन् । आँदीमुल धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास कोषका अध्यक्ष हिमाल थापाका अनुसार यति ठुलो संख्यामा माछाहरु मरेको अहिलेसम्म रेकर्ड थिएन । उहाँका अनुसार माछाहरु धमाधम मर्न थालेपछि झण्डै ९० प्रतिशत माछाहरु नै उत्तानो पल्टिएका थिए तर पछि केही माछाहरु ब्युँतिएका तथा केही माछाहरु मुलभित्र लुकेर बसेको हुनाले अनुमान गरेको जति क्षति भएको छैन । माछा परिक्षणको लागि पठाइएको र रिपोर्ट न आइसकेको हुनाले माछा मर्नुको वास्तविक कारण पत्ता लाग्न सकेको छैन ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल तथा वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर गुरुङले स्थलगत भ्रमण गरी जानाकारी लिनुभएको छ ।










