४ जेठ । तनहुँ । तनहुँको व्यास नगरपालिकामा आर्थिक बर्ष २०८०।०८१को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्यासकी उपमेयर ईन्दिरा दरै, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास ६ का अध्यक्ष जीवन गुरुगं, व्यास ३ का अध्यक्ष अनुप राना, व्यास ५ का अध्यक्ष बिष्णुमार श्रेष्ठ हिमाल , व्यास ७ का अध्यक्ष कृष्णप्रसाद आचार्य, व्यास ९ का अध्यक्ष शुरेस थापा, व्यास १० का अध्यक्ष खेमराज पोखरेल, नगरपालिका कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, निवर्तमान जनप्रतिनिधि, वडा सचिवहरु, टोल बिकास संस्था, महिला समुह, आमा समुहका प्रतिनिधिहर लगायत महानुभावहरुको उपस्थिति रहेको थियो ।
व्यास नगरपालिका वडा नंं ७ को ेकार्यालय कलेस्ति परिसरमा भएको सुनुवाई कार्यक्रममा सहभागीहरुले नगरपालिकाले बिकास निर्माणको कुरामा ध्यान दिन नसकेको र अधुरा योजनाहरु सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्ने माग राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुको प्रश्न र जिज्ञाशाको जवाफ दिदै मेयर न्यौपाने नगरपालिकामा उठ्नु पर्ने राजश्व नउठेको र संघिय सरकारबाट पनि दिनुपर्ने रकम नदिएको कारण नगरपालिकाले सोचे अनुरुप बिकास निर्माणका कामहरु अगाडि बढाउन नसकिएको बताउनु भएको थियो । उक्त अवसरमा मेयर न्यौपानेले नगरपालिकाले विभिन्न योजनाहरुमा काम गरिरहेको र बिकास निर्माणका कामहरुलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्नहरुको जवाफ मेयर न्यौपानेका साथै प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी सम्बन्धित वडा अध्यक्षहरु, सम्बन्धित शाखा प्रमुख तथा वडा सचिवहरुले दिनुभएको थियो ।
कार्यक्तममा सहभागीहरुले अघिल्लो सार्वजनिक सुनुवाई कार्यक्रममा आफुले गुनासो गरेका कुराहरु नगरपालिकाले सम्बोधन गरेकामा नगरपालिकालाई धन्यवाद पनि प्रखदान गरेका थिए ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रम पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले संचालन गर्नुभएको थियो ।










