आँबुखैरेनी गाँउपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

 ०७ जेठ । तनहुँ । आँबुखैरेनी गाउँपालिकाको आर्थिक बर्ष ०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार भव्य रुपमा सम्पन्न भएको छ ।
आबुखैरेनी गाउँपालिकाको आयोजना तथा उद्घोष संचार उद्योगको  समन्वयमा गाउँपालिका प्राङ्गणमा  सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको  हो । कार्यक्रममा २ सय जना भन्दा बढी सहभागि भएका थिए । कार्यक्रममा १० जनाले जिज्ञासा तथा सुझाव राखेका थिए ।
कार्यक्रममा  आँबुखैरेनी २ ढावटारका  लक्ष्मण थापाले सावर्जनिक जग्गा अतिक्रमण गरेर बनाएका संचारना हटाउन पालिकालाई आग्रह गरेका थिए । उनले प्राकृतिक श्रोतको पहिचान र परिचालनलाई ध्यान दिन सुझाव दिएका थिए । थापाले पृथ्वीराजमार्गसँगै  साहायक मार्गहरुको प्रवेशद्वार बनाउन पालिकाले पहल गनुपर्ने बताए ।
आँबुखैरेनी २ का पसन्न अधिकारीले  छिम्केश्वरी मोटरमार्गको गुणस्तर र मापदण्डमा ध्यान दिन आवश्यक रहेको  बताए ।आँबु ३ का प्रकाश श्रेष्ठले पैदलमार्ग बनाउन आग्रह गरे । त्यसैगरी श्रेष्ठले पालिकाको डोजर किन नचलेको प्रश्न गरे  । आँबु–३ का राजेश कोइरालाले मर्स्याङदी  नदिमा कानुन अनुसार छोड्नुपर्ने १० प्रतिशत पानी किन नछोडेको प्रश्न गरे ।  आँबु ३ का सिमसुङ्ग रानामगरले  पालिकाले राम्रो काम गरेको साथै पालिकाले गरेका काममा गाउँपालिकावासीले साथ दिनुपर्ने  पनि मगरले बताएका थिए ।। यसैगरी आँबु–४ का  विजय गुरुङ्गले कर्मचारी छनोट पक्रियाको बारेमा प्रश्न गरेका थिए । रास्वपा नेता अनिल श्रेष्ठले पालिकाले खेलकुदको विकासमा पालिकाको ध्यान दिनेछन् न आवश्यक रहेको बताए । यसैगरी उनले छिम्केश्वरीमा खानेपानी योजना सम्पन्न गर्नुपर्ने बताए ।  वडा नं ६ का सुनाराम गुरुङ्गले  ग्रामिण क्षेत्रको कच्ची सडक बनाउन माग गरे । उनले ग्रामिण वडालाई विकासमा प्राथामिकता दिनुपर्ने बताए  ।   यसैगरी स्थानीय सुक बहादुर परियारले  विकास निर्माण सम्पन्न भएका आयोजनाहरुको फिनिसिङ्ग राम्रो हुनुपर्ने बताए । वडा नं. ४ का बेदनारायण खवासले स्थानीय बाटोमा परेका जग्गाहरुको लगत्त कट्टा गर्न माग गरे ।

आँबुखैरेनी गाउँपालिका नागरिकहरुले राखेका जिज्ञासा तथा गुनासो सम्बोधन गर्ने प्रतिवद्वता ब्यक्त गरेका थिए ।  उनले पालिकाको अधिकार क्षेत्रमा पर्ने काम गर्ने अन्य कार्यालयको क्षेत्रधिकारमा पर्ने आयोजना तथा विकास निर्माणमा समन्वय गर्ने बताए । गाउँपालिकावासीले  उठाएका प्रश्नहरुमा सम्बन्धित   वडा अध्यक्ष ,तथा शाखा प्रमुख तथा कर्मचारीहरुलाई आगामी दिनहरुमा  गुनासो नआउने गरी काम गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्माले नगरपालिकाले गरेका विकास निर्माण तथा कार्यालयबाट सम्पादन गरिएका गतिविधीका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्यालले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । कार्यक्रमका संचालन नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले संचालन गरेका थिए  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?