बिहे गरेको एक सातामै दुलहीले श्रीमानमाथि हालिन् वैवाहिक बलात्कारको मुद्दा

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंमा एक महिला विवाह भएको एक साता पनि नबित्दै वैवाहिक बलात्कारको उजुरी लिएर प्रहरीकहाँ पुगेकी छिन् ।

श्रीमान्‌ले आफूलाई मन लागेको बेला शारीरिक सम्पर्क राख्ने गरेको, नमान्दा कुटपिट गर्ने गरेकोलगायत आरोपसहित ती महिला कमला ९परिवर्तित नाम० गत वैशाख १४ गते प्रहरीकहाँ पुगेकी हुन् । उनको वैशाख ७ गते बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा विवाह भएको थियो ।

वैदेशिक रोजगारीका लागि जापानमा विगत १० वर्षदेखि बस्दै आएकी कमलाको यो दोस्रो विवाह हो । पारिवारिक चिनजान रहेका दीपक ९परिवर्तित नाम० सँग प्रेम सम्बन्ध रहेपछि दुई महिनाअघि उनी विवाहका लागि नेपाल आएकी थिइन् । कमलाको पहिलो विवाह पनि प्रेम विवाह नै रहेको प्रहरी स्रोत बताउँछ ।

तर, जापानमै रहेका श्रीमान्‌सँग सम्बन्ध बिग्रिएपछि उनी दोस्रो विवाह गर्ने अवस्थामा पुगेकी थिइन् । दीपकको पनि यो दोस्रो विवाह थियो । १३ वर्षअघि विवाह गरेकी श्रीमतीसँग १० वर्षपछि सम्बन्ध विच्छेद भएपछि उनले कमलासँग नजिकिएर दोस्रो विवाह गरेका हुन् ।

नयाँ बानेश्वरमा बस्दै आएका दीपकले वैशाख १३ गते राति यौन सम्पर्क राख्न खोज्दा नमानेपछि विवाहमा दिएको सबै सुनका गरगहना खोसेको जाहेरवालाको दाबी छ । यता दीपकले त्यस दिन आफ्ना बुबासँग कमलाले ‘तपाईँको छोराको अन्य केटीहरूसँग सम्बन्ध रहेछ’ भनेको र त्यो कुरा आफूले थाहा पाएपछि दुईजनाबीच सामान्य विवाद भएको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् ।

आफूले सम्झाउन कोठामा लैजाँदा कमला लड्न पुगेको पनि उनको दाबी छ । कोठामा पुगेपछि स्थिति सामान्य भएको र बिहान कमलालाई उनको दिदीले बालकोटस्थित घर कुर्न बोलाएकाले आफूले पुर्‍याइदिएको पनि बयानमा बताएका छन् । यता जाहेरवालाकी दिदीले विवाहको दुई दिनमै श्रीमानले दाइजो र विवाह भोजको रकम मागेको भनेर आफूलाई कमलाले फोनमा भनेको बताएकी छिन् ।

दीपकविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । उनलाई ५ वर्ष कैद सजाय गर्न माग गरिएको छ ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?