काठमाडौं महानगरले गर्‍यो सिंहदरबारभित्रै ५ जना बालश्रमिको उद्धार

सर्वज्योति
  • ख-
  • ख+

३० जेठ, काठमाडौं । सिंहदरबारभित्रै काठमाडौं महानगरले पाँच जना बालश्रमिकको उद्धार गरेको छ ।

बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घर (क्यान्टिन) अनुगमन गरेको महानगर टोलीले त्यहाँ काम गर्ने पाँच बालश्रमिक उद्धार गरेको हो ।

केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको महानगर बुधबार सिंहदरबारभित्र अनुगममा गएको थियो । अहिले पनि महानगर टोली सिंहदरबारभित्र अनुगमनमा छ ।

काठमाडौंका विभिन्न क्षेत्रमा बालबालिकामाथि शारीरिक तथा श्रम शोषण भइरहेको सूचना प्राप्त भएपछि उनीहरूको उद्धारका लागि महानगरले एक वर्ष लगाएर ‘बाल संरक्षण तथा बालअधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ ।

अहिले सोही कार्यविधि अनुसार स्वयंसेवक खोजी, पीडित बालबालिका खोजीदेखि उद्धार र दीर्घकालीन व्यवस्थापन गर्न लागिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?