तनहुँ । बन्दीपुर गाउँ पालिका वडा नं।३ रामकोटमा यही जेठ १७ गते आएको हावाहुरीले दर्जनौं घरका छानाहरु उडाउनुका साथै रुखहरु भाँचेको थियो। वडाध्यक्ष परमेश्वर भट्टराई , पालिका प्रमुख सुरेन्द्र थापाका साथै सांसद स्वर्णिम वाग्लेले भोलिपल्टै घटनास्थलमा पुगेर प्रभावित जनतालाई भेटेर तुरुन्तै राहत कार्यक्रम सुचारु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यहीँबाट सांसद स्वर्णिम वाग्लेले प्र जि अ लाई सम्पर्क गर्दा तत्काल कुनै उपाय नभएको तथा ३ दिन पछि मात्र त्रिपाल उपलब्ध गराउन सकिने निरिह जवाफ पाइएको थियो ।
तत्काल उद्धार कार्यमा संलग्न स्थानीय कमल नेपालीका अनुसार सरस्वती आधारभुत विद्यालयको छानो उडाउँदा त्यहाँ भएका कम्प्युटर तथा पृन्टर पुर्ण रुपमा भिजेको थियो ।
घटना भएको एक हप्ता भन्दा बढी बितिसक्दा पनि सरकार तथा स्थानियको सहयोग नपाएपछि सरस्वती आधारभुत विद्यालयका शिक्षिकाहरु आफै मर्मत कार्यमा खटिनुभएको फोटो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।
प्रभावित स्थानिय लेख बहादुर नेपाली पालिकाले ५० हजार रुपैया राहत उपलब्ध गराउने बचन दिएको छ तर त्यो रकम आउनु भन्दा अगाडी आवश्यक सामाग्रीहरु खरीद गरी आफ्नो घर आफैले मर्मत गर्नुपर्नेछ ।
घटना भएको १३ दिनसम्म पनि कमल नेपाली, लेख बहादुर नेपाली तथा अन्य केही प्रभावितहरुको घर जस्ताको तस्तै छ । गाउँमा दक्ष जनशक्तिको अभाव तथा स्थानिय तथा केन्द्र सरकारको भवितव्यको लागि कुनै प्रकारको अग्रीम तयारी नहुँदा यो वर्षातको मौसममा दुइहप्ता सम्म पनि सर्वसाधारण जनता छानोबिहिन घरमा रात बिताउन बाध्य हुनु परेको छ ।