
भियना । प्रवासी नेपाली मञ्च अष्ट्रियाकाे सातौं राष्ट्रिय अधिवेशन भियनामा सम्पन्न भएको छ । अष्ट्रियाकाे राजधानी भियनामा भएकाे अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कमिटी चयन गरेको जनाइएको छ । सन् २००८ मा नेपाली लाेकतान्त्रिक मञ्च अष्ट्रियाका नाममा स्थापित नेकपा एमाले निकट उक्त सस्थाले नयाँ नेतृत्व निर्वाचित गरेकाे हाे ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अष्ट्रियाकाे अध्यक्षमा बाबा राजेश्वरी थापा सर्वसम्मत निर्वाचित भएकी छिन् । त्यसैगरी मञ्चको उपाध्यक्षमा दिनेश वैद्यवार, सचिवमा कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण भट्ट र सदस्यहरुमा अलिजा श्रेष्ठ, अनिता श्रेष्ठ एवम् निमा श्रेष्ठ रहेका छन् ।
मञ्चका अध्यक्ष ददिराम नेपालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रमका प्रमूख अतिथि प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा, विशेष अतिथि नेपाली दुतावास अष्ट्रियाका प्रथम सचिव अनिल लम्साल तथा अतिथिहरुमा वरिष्ठ समासेवी तथा अष्ट्रियाका व्यवसायी रामबहादुर विश्वकर्मा, मञ्चकी केन्द्रीय सदस्य तथा अष्ट्रिया इन्चार्ज सरस्वती केसी, कल्पना त्रिपाठी लगायत विभिन्न संघसस्थाका प्रतिनिधि र नेपालीहरुको उपस्थिति रहेको थियो ।
अधिवेशनको अवसरमा अष्ट्रियामा साढे ३ दशकदेखि बसोबास गर्दै नेपालीहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न सहयोग गर्दे आएका वरिष्ठ समासेवी रामबहादुर विश्वकर्मालाई खादा ओढाएर सम्मान गरिएको थियो । सन् १९९० देखि अष्ट्रियामा बस्दै आएका समाजसेवी विश्वकर्मा त्यहाँ पुग्ने नेपालीहरुका दुख सुखमा सहयोगी र मौलिक संस्कृतिको प्रचार प्रसारमा समेत सक्रिय रहँदै आएका छन् । त्यहाँ उनले रेष्टुरेन्ट व्यवसाय समेत संचालन गरिरहेका छन् ।
अधिवेशनको वन्दसत्रमा मञ्चका निवर्तमान अध्यक्ष नेपालले संस्थाका गतिविधिहरु माथि प्रकाश पारेका थिए भने कृष्णबहादुर श्रेष्ठले स्वागत र निवर्तमान सचिव बाबा राजेश्वरी थापाले कार्यक्रमको संचालन गरेकी थिइन् । ‘सबल प्रवासी समृद्ध नेपाल– सामाजिक रुपान्तरण हाम्रो अभियान’ भन्ने मुल नाराको साथ भियनास्थित डीलाइट्स अफ इन्डियामा मौलिक एवं संक्षिप्त रुपमा सम्पन्न भएकाे अधिवेशनले समाजमा सकारात्मक सन्देश संप्रेषण गर्न सफल भएकाे मञ्चका निवर्तमान अध्यक्ष नेपालले बताएका छन् ।
अधिवेशनको बन्द शत्रले गत कार्यकालको प्रगति प्रतिवेदन, सांगठनिक र आर्थिक प्रतिवेदन छलफलका साथ पारित गरेकाे बताइएकाे छ ।
युरोपको सानो देश अष्ट्रियामा नेपालीहरु विशेषगरी २०४६ सालपछि पुग्न थालेको र हाल विभिन्न रोजगारी तथा अध्ययनका लागि जाने गरेको बताइन्छ । त्यहाँ बसोबास गर्ने नेपालीहरु मध्ये केहीले व्यवसाय समेत गर्दे आएका छन् । हाल त्यहाँ झण्डै १५ सयकाे हाराहारीमा नेपालीहरु रहेको बताइन्छ ।