गुल्मीमा पहिरोमा घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

रुपन्देही । गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएर मृत्यु भएको हो ।

पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको शव पहिले नै भेटिएको थियो । सुन्तली र विपना पनि पछि मृतअवस्थामा भेटिएका हुन् । घटनास्थलमा इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी पुगेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए ।

सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। गयराती परेको पानीले जिल्लाका अन्य स्थानमा पनि गएका पहिरोले कच्ची बाटोहरु प्रभावित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?