एक लाख घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

सर्वज्योति
  • ख-
  • ख+

१७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले एक लाख रुपैयाँ घुससहित एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैठौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो. अख्तर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस लिएको अख्तियारले दाबी गरेको छ ।

उक्त रकम घुस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका, वडा नं. ४ न्यूरोड ट्याक्सी स्ट्यान्डबाट सोमबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?