जमेको पानीमा डुबेर २ किशोरीको मृत्यु, एक बेपत्ता

सर्वज्योति
  • ख-
  • ख+

२४ असार, धनगढी । कञ्चनपुरमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएकी छन् ।

सोमाबार दिउँसो पुनर्वास नगरपालिका–५ को घ गाउँमा पानी जमेर तलाउ भएको स्थानमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० उमेश जोशीले बताए ।

डीएसपी जोशीका अनुसार डुबेर मृत भेटिनेमा पुनर्वास नगरपालिका–५ की १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी रहेको जानकारी दिए । उनका अनुसार उनीहरुसँगै नुहाउन गएकी १६ वर्षीया आरती बोगटी भने बेपत्ता भएकी छन् ।

आरतीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएको छ ।
अनलाईन खबर

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?