युवा व्यवसायी ध्रुव अधिकारीद्धारा ठमेल पर्यटन परिषद्को अध्यक्षको उम्मेदवारी घोषणा

सर्वज्योति
  • ख-
  • ख+

रमेश पौडेल । २६ असार, काठमाडौँ । युवा व्यवसायी ध्रुव अधिकारीद्धारा ठमेल पर्यटन परिषद्को अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन । नेपालको राजधानीको केन्द्र भाग ठमेललाई आर्थिक, पर्यटन र मनोरन्जनको केन्द्र बनाउने उद्धेशयका साथ अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा अधिकारीले आफ्नो प्यानलसहित उमेदवारी घोषणा गर्दै प्रथम उपाध्यक्षमा तेन्जिङ लामा, द्धितिय उपाध्यक्षमा राजिव पाण्डे, उपाध्यक्षमा श्रीकृष्ण थपलिया, महासचिवमा सोजेश मालाकार, सचिवमा पुण्यराम लगेजु र कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी घोषणा भएको छ । उक्त उमेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारी ठमेललाई समृद्ध र चलायमान बनाउनको लागि आफ्नो प्यानल बिजयी बन्न जरुरी रहेको बताएका थिए ।
अधिकारी प्यानलको घोषणासगै चुनाव प्रचारका लागि प्रषयराज भण्डारीको संयोजकत्वमा समितिमा समेत घोषणा गरिएको छ । उक्त समितिमा राजन श्रेष्ठ, सबु तामाङ र राम खड्का सहसंयोजकमा रहेका छन । त्यसैगरि सदस्यहरूमा जीवन थपलिया, दीपक दाहाल, घ्रुव धरेल, गोपाल श्रेष्ठ, हरिशरण जम्बट्टेल, बिष्णु लम्साल र इश्वर शर्मा रहेका छन । त्यसैगरि अधिकारीको प्यानलले डा. रमशरण थपलियाको संयोजकत्वमा अर्को सल्लाहकार समिति समेत गठन गरेको छ । उक्त सल्लाहकार समितिको सदस्यहरुमा महेश महर्जन, सञ्जिवमान प्रधान, मनोजन रञ्जित, समिर गुरूङ, श्रीशाही र प्रदीप श्रेष्ठ रहेका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्