हनी ट्र्याप गरेर एक करोड बार्गेनिङ, युवतीसहित २ जना पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । हनी ट्र्याप गरेर करिब एक करोड रुपैयाँको बार्गेनिङ गरेको आरोपमा युवतीसहित २ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामाजिक सन्जालमार्फत सम्पर्क गरेर पीडितलाई साथी बनाएकी युवतीले कोठामा बोलाएर अश्लील भिडिओ रेकर्ड गरेकी थिइन् ।

सोही भिडिओ देखाएर उनीहरुले उक्त रकमको बार्गेनिङ गरेका थिए । प्रहरीका अनुसार उनीहरुले पीडितसँग १५ लाख रुपैयाँ लिइसकेका थिए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्चीकी २० वर्षीया तेन्जी डोल्मा छिरिङ भन्ने सिर्जना तामाङ र जुगलका २९ वर्षीय सौरभ तामाङ भन्ने लिलाबहादुर तामाङ रहेका छन् ।

लिलाले पीडितको फेसबुक लिंक सिर्जनालाई पठाएर साथी बन्न लगाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।

‘युवतीले पीडितलाई आफ्नै कोठामा बोलाएर गरेको अश्लील हर्कत मोबाइलमा गोप्य रुपमा रेकर्ड गरेर बार्गेनिङ सुरु गरेको देखिन्छ’, एसएसपी भट्टराईले भने ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?