तनहुँ । तनहुँको भानु नगरपालिकाको हालै सम्पन्न १४औं नगर सभालेमा निलम्बन गरेका कर्मचारीहरुको पुर्नवहाली गर्न माग राख्दै राष्ट्रिय युवा संघ भानु नगर कमिटिले भानुले ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ भानु नगर कमिटिका अध्यक्ष सोम बहादुर तामागंद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नगर प्रमुखले पुर्वाग्रहको आधारमा कर्मचारीहरुलाई निलम्बन गरिएकोमा यथासिघ्र पुर्नवहाली गर्नुहुन आग्रह गरिएको छ साथै उक्त ज्ञापन पत्रमा नगरपालिकामा सवारी साधन र ईन्धनहरुको पनि व्यापक दुरुपयोग भईरहेको जानकारी आईरहेकोले सो को पनि यथासिघ्र जानकारी दिन आग्रह गरिएको छ ।
विज्ञप्तिमा आग्रह गरिए अनुसारका मागहरु पुरा नगरिए आफुहरु सशक्त ढंगबाट आन्दोलन गर्ने राष्ट्रिय युवा संघ भानु नगर कमिटिका अधयक्ष सोमबहादुर तामागंको भनाई रहेको छ ।
ज्ञापन पत्र
प्रमुख ज्यू
भानु नगरपालिकाको कार्यालय फुस्रेटार, तनहूँ
राष्ट्रिय युवा संघ, नेपाल भानु नगर कमिटि, तनहूँ
विषयः ज्ञापन पत्र ।
सामाजिक त्यायको निम्ती स्थापित यस राष्ट्रिय युवा संघ नेपालले विभिन्न किसिमका अराजकताको विरुद्धमा आफूलाई स्थापित गरेको इतिहास जगजायर छ। यस भानु नगरपालिकाको भखरै सम्पन्न १४औं नगर सभाले कर्मठ, ईमान्दार कर्मचारीहरुलाई विना जानकारी निलम्बन गरेको कुराले हामीलाई गम्भिर बनाएको छ। नगर प्रमुखको व्यतक्तिगत पुर्वाग्रहकोआधारमा ति करारमा रहेको कर्मचारीहरलाई निलम्बन गर्न न्याय संगत नभएको हाम्रो ठहर रहेको छ। उक्त कर्मचारीहरुलाई पूर्नवहाली गर्न विशेष अनुरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल, भानु नगर कमिटि तपशिलका मागहरु पेश गर्दछः
৭. निलम्बित कर्मचारीको यथासिघ्र पुर्नवहाली गरियोस्।
२. नगर प्रमुख, उप प्रमुख तथा अन्य जनप्रतिनिधीले प्रयोग गरेको ईन्धनको विवरण सार्वजनिक गरियोस।
३. अख्तियार अनुसन्धान आयोगको हालसम्मका प्रतिवेदनहरु सार्वजनिक गरियोस्।
४. नगरपालिकाका सवारी साधन प्रयोग गर्ने व्यक्ति तथा सवारी साधनको विवरण सार्वजनिक गरियोस्।
५. नगरपालिकामा कार्यरत कर्मंचारीको दरबन्दी संख्या हाल कार्यरत कार्मंचारीको संख्या सार्वजनिक गरियोस्।
६. आ.व. २०८०। ८१ को यथार्थ आयव्याय सार्वजनिक गरियोस्।
७. नगरपालिकाबाट संचालित जे.सि. बि.को प्रयोग विवरण सार्वजनिक गरियोस् ।
पुनश्चः माथि उल्लेखित मागहरु यथासिघ्र सम्बोधन नभए राष्ट्रिय युवा संघ नेपाल, भानु नगर कमिटि चरणवद्ध आन्दोलन चेतावनी दिन चाहन्छ ।
अध्यक्ष
सोम बहादुर तामांगं राष्ट्रिय युवा संघ, नेपाल भानु नगर कमिटि, तनहूँ









