तनहुँ । तनहुँ चेली करुणा राउतलाई मिस नेपाल बनाउन दमौलीमा अभियानं शुरु गरिएको छ । तनहुँको भानु नगरपालिका वडा नं. १२ जन्मस्थान भई पछिल्लो समय व्यास ४ मा बसोवास गर्ने राउतलाई मिस नेपाल २०२४ मा विजयी बनाउन स्वर्तफुर्त रुपमा क्याम्पेनिगं शुरु गरिएको हो ।
प्रतियोगितामा विजयी हुनको लागि दर्शकहरुबाट भोटिगं गर्नुपर्ने र दर्शकहरुबाट गरेको भोटिगंको पनि महत्वपूर्ण भुमिका भएकोले राउतको लागि भोट माग्ने भोटिगं गर्न सिकाउने अभियान संचालन गरिएको दमौलीको अनसन चौतारीको स्टलमा बस्नुभएका भानु १२ का स्थानिय तथा युवा व्यक्तित्व गल गुरुगंले जानकारी दिनुभएको छ । मिस नेपालको उपाधि जित्छु आफ्नो पनि नाम राख्छु तनहुँ जिल्लाको पनि नाम राख्छु भनेर अष्ट्रेलियाबाट आएकी राउतलाई जिताउनु हामी सबैको कर्तव्य भएकोले हामी यस अभियानमा खटिएका छौ । राउत कदमै प्रतिभावान भएकोले उनलाई थप सहयोगको लागि अभियानमा सम्बद्ध व्यक्तिहरुसग सम्पर्क राखि कसरी भोटिगं गर्ने सिक्नका साथै भोटिगं गर्न पनि गुरुगंले आग्रह गर्नुभएको छ ।
अष्ट्रेलियमा नर्सिगं पेशामा कार्यरत राउतसग विभिन्न कार्यक्रमहरुमा उद्घोष गरेका, अष्ट्रेलियमा फेशन शो लगायत विभिन्न प्रतियोगितामा सहभागी रहेको अनुभव छ ।