प्रधानमन्त्री ओलीले प्राप्त गरे दुई तिहाइ सांसदको विश्वासको मत

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हालेका हुन् ।

 

विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्‍यो विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे । दिन्न भन्नेमा १ मत पर्‍यो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ ।

कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले आज विश्वासको मत लिएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?