हेटौंडामा श्रीमानश्रीमती मृत फेला

सर्वज्योति
  • ख-
  • ख+

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ५ भैरवरोडमा श्रीमानश्रीमती मृत अवस्थामा फेला परेका छन् । प्रहरीको अनुसार ६२ बर्षीय केशव भण्डारी र ५६ बर्षीय अम्बिका भण्डारी मृत भेटिएका हुन् ।

आफ्नै घरमा मृत भेटिएका दुबैको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा हेर्दा श्रीमानले श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गररे पछि आफू झुन्डिएको देखिएको डीएसपी लक्ष्मी भण्डारीले बताए ।

महिलाको घाटीमा गहिरो चोट देखिएको उनको भनाइ छ । अहिले मकवानपुरका प्रहरी प्रमुख एसपीसहितको टोली घटनास्थल पुगेको छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?