कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

सर्वज्योति
  • ख-
  • ख+

११ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति बीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए ।

ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज नगरपालिकाभर शोक बिदा दिइएको छ । उनको पार्थिव शरीर बिहान ९ बजे कीर्तिपुर नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए ।
नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?