राज्यले सुविधा दिनुपर्ने पूर्वसांसदको माग

सर्वज्योति
  • ख-
  • ख+

११ साउन, काठमाडौं । पूर्वसांसद मञ्चले राज्यसँग सुविधा माग गरेको छ । मञ्चका अध्यक्ष ओमकार श्रेष्ठको नेतृत्वमा शुक्रबार गृहमन्त्री रमेश लेखकलाई भेट्न सिंहदरबार पुगेको टोलीले राज्यसँग सुविधा माग गरेको हो ।

पूर्वसांसदहरूले निरन्तर जनताको काममा रहेको दाबी गर्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका हुन् । मञ्चको माग सम्बोधनका लागि आफू सकारात्मक रहेको गृहमन्त्री लेखकले जवाफ दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पूर्वसांसद मञ्चलाई गृह मन्त्रालयको राष्ट्रिय निर्देशन ऐन अनुसार दर्ताको व्यवस्था मिलाइदिन पनि पूर्वसांसदहरूले माग राखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?