१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

१६ साउन, काठमाडौं । रुकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।

तीनै जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा बलात्कार गरेको आरोप लागेको छ ।

मंगलबार बलात्कार भएको सूचना पाउन साथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?