शंकर भण्डारीले कांग्रेस केन्द्रीय समिति बैठकमा उठाए हिन्दू राष्ट्र स्थापनाको एजेण्डा

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसको आज सुरु भएको केन्द्रीय कार्य समिति बैठकमा हिन्दूवादी केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दू राष्ट्र स्थापनाको एजेण्डा उठान गरेका छन् ।

केन्द्रीय सदस्य भण्डारीले बहुमत महासमितिले सदस्यहरुले हस्ताक्षर गरी महासमिति बैठकमा पेस गरिएको वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीको बैठकमा एजेण्डाका रुपमा पेश गरिनुपर्ने धारणा राखे ।

‘वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको विषयलाई पार्टीभित्र सामान्य हिसाबले हेरिएको यो विषयलाई गम्भीरताका साथ हेरिनुपर्छ’, उनले भने ।

बंगलादेशमा भएको पछिल्लो राजनीतिक घटनाक्रममा हिन्दूवादीहरुमाथि भएको हत्याहिंसाका घटनाको कांग्रेसले विरोध गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि मंगलबार राजधानीमा भण्डारीसहित कांग्रेसका १४ जना केन्द्रीय सदस्यको बैठक बसी वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको विषयलाई पार्टीको बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।काठमाडौं । नेपाली कांग्रेसको आज सुरु भएको केन्द्रीय कार्य समिति बैठकमा हिन्दूवादी केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दू राष्ट्र स्थापनाको एजेण्डा उठान गरेका छन् ।

केन्द्रीय सदस्य भण्डारीले बहुमत महासमितिले सदस्यहरुले हस्ताक्षर गरी महासमिति बैठकमा पेस गरिएको वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीको बैठकमा एजेण्डाका रुपमा पेश गरिनुपर्ने धारणा राखे ।

‘वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको विषयलाई पार्टीभित्र सामान्य हिसाबले हेरिएको यो विषयलाई गम्भीरताका साथ हेरिनुपर्छ’, उनले भने ।

बंगलादेशमा भएको पछिल्लो राजनीतिक घटनाक्रममा हिन्दूवादीहरुमाथि भएको हत्याहिंसाका घटनाको कांग्रेसले विरोध गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि मंगलबार राजधानीमा भण्डारीसहित कांग्रेसका १४ जना केन्द्रीय सदस्यको बैठक बसी वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको विषयलाई पार्टीको बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?