तनहुँ । तनहुँको सदरमुकाम दमौली बजार नजिकै मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् । दमौलीबाट डुम्रे जादै गरेको ग १२ प १०३० नम्वर मोटरसाईकल डुम्रेबाट दमौली तर्फ आउदै गरेको ग २ ख १७३१ नम्वर बससंग ब्यास १ मुसेखोलामा ठोक्किदा मोटरसाईकल चालक ज्ञानजङ गुरुङ गम्भिर घाइते भएका हुन् ।
मोटरसाईकलले टिप्परलाई ओभटक गरेर जाने क्रममा बससंग दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभएको छ साथै घाईते उपचार भईरहेको पनि पौडेलले जानकारी दिनुभएको छ ।








