मोटरसाइकल दुर्घटनामा लमजुगं धमिलीकुवाका हेमन्तकुमार श्रेष्ठको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

भरतपुर । खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।

खैरहनी-८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश ०३-००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटनाहुँदा लमजुङ राइनस नगरपालिका-६ धमिलीकुवाका रत्ननगर नगरपालिका-१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?