गाडी दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

सर्वज्योति
  • ख-
  • ख+

४ भदौ, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ ।

सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए । पार्टीमा मुक्ति उपनामले चिनिने उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान पनि हुन् ।

अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?