तीजको दरमा फूड पोइजन भएपछि दुई दर्जन महिला बिरामी

सर्वज्योति
  • ख-
  • ख+

रूपन्देही । रुपन्देहीको देवदहमा तीजको दर खादा ‘फूड पोइजन’ भई २ दर्जनभन्दा बढी महिला बिरामी परेका छन् । देवदह-६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर यही भदौं ६ गते दर खाएपछि महिलाहरु बिरामी परेका हुन् ।

देवदह-६ का वडाअध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएका छन् ।

उनका अनुसार बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको छ भने ५ जनाको देवदह मेडिकल कलेज तथा अन्य ५/६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् ।

दर खाने कार्यक्रममा ३५ जना सहभागी भएका थिए । उपचारमा संलग्न अनिता मेडिकल हलका डा. छविलाल गिरीका अनुसार उनीहरुमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको छ ।
साभारः नेपााल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?