तनहुँका बैक तथा वित्तिय संस्थाहरुले ऋणीहरुको उठिवास लगाउन खोजेको उद्योगी, व्यवसायी तथा कृषकहरुको भनाई

सर्वज्योति
  • ख-
  • ख+

तस्विरः सांकेतिक

तनहुँ । तनहुँका बैक तथा वित्तिय संस्थाहरुले ऋणीहरुको उठिवास लगाउन खोजेको संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघ तनहुँको भनाई रहेको छ । बैकहरुले ऋणीहरुप्रति गरेको अन्यायको बर्णन गर्दै जारी गरिएको एक प्रे विज्ञप्तिमा बैकहरुले ऋणीलाई अपराधीको जस्तो वयवहार गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा उनीहरुले राज्यका कुनै पनि निकायमा, तिरो तिर्ने ठाउँमा, सम्पत्ति कर तिर्ने ठउँमा, पुंजीगत लाभकर तिनें ठाउँमा, रजिष्ट्रेशन शुल्क तिने ठाउँमा जग्गाको मूल्य कहिल्यै घटेको छैन बैंकले मात्रै पहिले आफैले गरेको मूल्याइनको कैयौ गुणा मूल्य घटाएर ऋणीलाई अप्ठ्यारोमा पारेको छ । के कति कारणले घट्यो धितो राखिएको वस्तुको मुल्य केहि जवाफ नदिईकन कसरी हुन्छ यहि मौका हो ऋण लिनेहरु अप्ठ्यारोमा परेका छन् यीनीहरुलाई सुकम्वासी बनाएर लखेट्न्पर्छ भन्ने ध्याउन्नमा लागेका छन् । विज्ञप्तिमा कुनै पनि ऋणीको चाहना हुदैन कि ऋण नतिरौ र आफ्नो बदनामी होस् , सबैजना ढुक्कग ऋण तिर्न चाहन्छन् तर विषम परिस्थितिलाई ख्याल नगरिकन यीनीहरुलाई गाहे परेको छ जसरी पनि कुम्ल्याउनुपर्छ भनेर बैक तथा वित्तिय संस्थाहरुले लाभकर लगायतका सम्पूर्ण करहरु पनि व्यवायीहरुबाट नै असुल्ने लगायतका घोर अन्यायपुर्ण कार्यहरु गरिरहेका छन् । ऋण लिएपछि तिर्नुपर्छ तर गारो परेको बेला उद्योगी, व्यवसायी तथा कृषकलाई घाँटी न्याँक्न तम्सने प्रवृत्ति उचित होईन त्यसैले यो समस्याको न्यायोचित समाधान हुने अवस्था नरहेसम्म बैक तथा वित्तिय संस्थाका अन्यायपूर्ण काम कारबाहीमा संलग्न हने वा संलग्न गराइन सक्ने धितो मूल्या्न कर्ता, पञ्चकृतेका सदस्यहरू, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय सरकार तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई उक्त एकपक्षीय काम कारवाहीमा सहभागी नभइदिनु हुन पनि उहाँहरुले अपिल गर्नुभएको छ ।
पछिल्लो केहि समयदेखि तनहुँका विभिन्न वित्तिय संस्थाहरुले ऋणीहरु तथा ऋणीका परिवारप्रति दुर्व्यावहार गरेको , दुर्वचन बोलेको, मानसिक दवाव दिएका खबरहरु बाहिरिरहेका छन् । ऋणीहरुले समय क्रमसगै आफुहरुले ऋण तिर्ने वचन दिदा दिदै पनि बैक तथा वित्तिय संस्थाहरुले ऋणीहरुको सार्वजनिक मानमर्दन हुने गरि अनेकन कार्य गर्न र व्यापार व्यवसायबाट विस्थापन गर्न अनेकन तिकडमहरु गरिरहेका छन् । यस्तो अवस्था श्रृजना भएपछि तनहुँका विभिन्न् पालिकाहरुले उद्योगी, व्यवसायीहरुलाई उचित समय दिन र मानविय व्यवहार गर्न समेत बैकहरुलाई अपिल गरेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?