प्रीति गुरुङलाई बचाउन सहयोग गरौ

मदन तिमल्सेना
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ८ की मृर्गौला रोगी प्रीति गुरुङलाई बचाउन सहयोगको आवश्यकता भएको छ । २६ बर्षको कलिलो उमेरकी विगत २/३साल देखि मृगौला पिडित भइ उपचार (डायलोसिस) गराई रहेको र घरको आर्थिक अवस्था नाजुक भएर औषधी उपचार गर्न समेत नसकोले गुरुङलाई आर्थिक सहयोगको अत्याधिक आवश्यकता भएको हो ।

७ वर्षकी छोरीलाई रेखदेख गर्नुपर्ने बेलामा आफै मृर्गौला रोगी भएर ओछ्यानमा थला परेपछि आर्थिक अवस्था कमजोर भएको कारणले तपाईं हामीले एक दिनको खाजा खर्च कटाई सहयोग गरि यो कलिलो उमेरको तपाईं हाम्रै आफ्नै गाउँठाउँको चेलिबेटी सम्झेर सहयोग गरिदिनु हुन फेरि पनि बिनम्र अनुरोध गर्दछौ । साथै यो सूचना धेरै भन्दा धेरै साथीभाई, ईष्टमित्र, देश विदेशमा रहनुभएका सहयोगी मनहरुलाई शेयर गरि सक्दो सहयोग जुटाउन सहयोग गरौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?