पहाडकी रानी बन्दिपुरमा भाद्र १५ देखि २२ गतेसम्म तीज सप्ताहन्न उत्सव हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको बन्दीपुरमा भाद्र १५ देखि २२ गतेसम्म साताव्यापी रुपमा “तिज सप्ताहन्न उत्सव” आयोजना हुने भएको छ । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा पहाडकी रानीको नामले परिचित पर्यटकीयस्थल बन्दीपुरमा “तिज सप्ताहन्न उत्सव” आयोजना गरिएको हो। उक्त उत्सवमा कलाकारहरु पुरुषोत्तम न्यौपाने, हरिदेबी कोइराला,प्रजापति पराजुली, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, सुनिता नेपाली, शान्ता डोटेल, सीता परियार लगाएतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रम अन्तर्गत “बृहत् खुल्ला तीज गीत प्रतियोगिता”, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन, समेत प्रस्तुत गरिने छ।
बन्दिपुर गाउँपालिकाको संरक्षकत्वमा र बन्दिपुरमा रहेका सामाजिक संघ संस्थाहरु, बन्दिपुर पर्यटन विकास समिति, बन्दिपुर गाउँपालिका पर्यटन एवं संस्कृति विभाग, तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर ईकाइ, क्षेत्रिय होटल संघ बन्दिपुर, रेवान जिल्ला बार एशोसियसन, सामुदायीक होमस्टे महासंघ बन्दिपुर, आर के डि महिला उद्यमशिल क्लव र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको संयुक्त आयोजनामा खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरिएको हो ।
कार्यक्रम अन्तरगत हरेक दिन बन्दिपुर क्षेत्रका विभिन्न जातजातिका साँस्कृतिक झाँकी प्रदर्शन, विभिन्न आमा समूह, क्लब, विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिने छ भने प्रत्येक दिन राष्ट्रिय तथा स्थानी कलाकारहरुको बिशेष प्रस्तुती रहने छ ।

उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य सहित बन्दीपुरमा कार्यक्रम गर्न लागिएको र उत्सव कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर “माँ खड्गदेवी मन्दिर” प्राङ्गणमा हुने आयोजकले बताएको छ। तीज गीत प्रतियोगिताको लागि कम्तीमा ५० टिमले सहभागी जनाउनेछन् तीज गीत प्रतियोगिताको विजेता प्रथम टिमलाई  १ लाख १ हजार रुपैयाको नगद पुरस्कार र प्रमाणपत्र, द्धितीयलाई  ७५ हजार रुपैया र प्रमाणपत्र, तृतीयलाई  ५० हजार रुपैया र प्रमाणपत्र, र सान्त्वना हुने टिमलाई २५ हजार रुपैया र प्रमाणपत्रको पुरस्कारले पुरस्कृत गरिनेछ। प्रतियोगिताका लागि ३ जना देखि १५ जना सम्मको समूह हुनु पर्ने, समूहमा सवै महिला अनिवार्य गरिएको छ । वाद्यबादनको सामग्री आँफैले ब्यवस्था गर्नु पर्ने, हरेक टिमलाई बढीमा १५ मिनेटको समय दिईने छ । त्यसैगरी प्रतियोगितामा भाग लिने समूहले टिम दर्ता शुल्क २ हजार रुपैया दिनु पर्ने छ भने प्रतियोगितामा छनौट चरण, क्वाटर फाईनल चरण, सेमिफाईनल चरण र फाईनल चरण हुनेछ । फाईनल चरणमा तीजे दोहोरी हुने बताईएको छ । साथै टिम दर्ताका लागि भाद्र १३ गते भित्र फोनबाट पनि गर्न सकिनेछ , त्यसका लागि ९८०२८१५७९२, ९८५६०३२४७३, ९८४१९४२६१६ र ९८५६०४२७७० मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?